पहिरो खसेर बन्द भएको मुग्लिन नौबिसे सडक दुईतर्फी खुल्यो

पहिरो खसेर बन्द भएको  मुग्लिन नौबिसे सडक दुईतर्फी खुल्यो
Share this

असल खबर-पहिराेको गएको कारण बन्द भएको मुग्लिन–नौबिसे सडक अहिले खुलेको छ । सडक माथिबाट पहिरो खसेर छि दुईतर्फी बन्द भएको सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुईबजेतिर पहिरो खसेर सडक बन्द भएको थियो । पहिरो हटाएर सडक खुलेपछि रोकिएका गाडि गन्तव्यतर्फ लागेका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: 2021-September-15 समय 9:21 AM

31 पटक पढिएको
Share this