च्याम्पियन्स लिग : म्यानचेस्टर यूनाइटेड पराजित

च्याम्पियन्स लिग : म्यानचेस्टर यूनाइटेड पराजित
Share this

असल खबर-पहिलो खेलमा म्यानचेस्टर यूनाइटेड यूरोपियन च्याम्पियन्स लिग फुटबलमा नयाँ सिजनको पराजित भएको छ । योङ ब्वाइजले म्यानचेस्टर यूनाइटेडलाई २–१ को गोलको अन्तरले हरायो ।
क्रिस्टियानो रोनाल्डोले यूनाइटेडका लागि एक गोल गरे । खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गरी अग्रता दिलाएका थिए । रोनाल्डोको यो १ सय ३५ औं च्याम्पियन्स लिग गोल हो ।
तर यूनाइटेडले अग्रता जोगाउन सकेन । खेलको ३५ औं मिनेटमा आरोन वान बिसाका रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।
खेलको ६६ औं मिनेटमा योङ ब्वाइजका निकोलस गाम्लेउले बराबरी गोल फर्काए । त्यस्तै इन्जुरी समयमा थियोसन जोर्डनले गोल गरेपछि योङ ब्वाइज २–१ ले विजयी भयो ।
जितसँगै समूह एफ मा रहको योङ ब्वाइजले ३ अंक जोडेको छ ।

अन्तिम अपडेट: 2021-September-15 समय 9:39 AM

36 पटक पढिएको
Share this