रियल मड्रिड, लिभरपुल र म्यानचेस्टर सीटी विजयी च्याम्पियन्स लिग

रियल मड्रिड, लिभरपुल र म्यानचेस्टर सीटी विजयी च्याम्पियन्स लिग
Share this

असल खबर-च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
समूह चरण अन्तर्गत गएराति भएको खेलमा डर्टमण्डले बेसिकटासलाई २–१ गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको जितमा जुड बेलिङ्गहम र अर्लिङ हालाण्डले एक/एक गोल गरे । बेलिङ्गहमले लगातार दुई च्याम्पियन्स लिग खेलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमानसमेत बनाएका छन् ।त्यस्तै राति नै भएको खेलमा रियल मड्रिडले इन्टार मिलानलाई १–० ले, लिभरपुलले एसी मिलानलाई ३–२,पीएसजी र ब्रुगबीचको खेल एक/एक गोलको बराबरी भएको छ । यस्तै म्यानचेस्टर सीटीले जर्मन क्लब आरबी लाइपजिङ्गलाई ६–३, एट्लेटिको मड्रिड र पोर्टोबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।
आयाक्सले स्पोर्टिङ सीसीलाई ५–१ गोल अन्तरले हराएको छ ।

अन्तिम अपडेट: 2021-September-16 समय 8:38 AM

74 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media