फिल्म रिलिजमा ३ महिने क्यालेन्डरमा ७ फिल्मको सूची

फिल्म रिलिजमा ३ महिने क्यालेन्डरमा ७ फिल्मको सूची
Share this

असल खबर-नेपाली चलचित्र क्षेत्रलाई चुस्त बनाउनका लागि निर्माता,प्रदर्शक र वितरक निरन्तर लागिरहेका छन् सकभर दशैंबाट नै नयाँ चलचित्र चलाउने तयारीमा चलचित्रकर्मीहरु छन् । यसका लागि चलचित्र विकास बोर्डले समेत सहयोग गरिरहेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आफूले प्रदर्शक र निर्मातालाई ३ देखि ६ महिना भित्र रिलिज हुने चलचित्रको क्यालेन्डर बनाएर ल्याउन आग्रह गरेको बताए ।
बोर्डले यसरी रिलिज हुने चलचित्रका लागि आर्थिक सहयोग नै गर्ने बताएको छ । यसैविच, चलचित्र संघले अशोक शर्माको नेतृत्वमा बनाएको समितीले २ उप–समिती तयार गरेर निर्माता र प्रदर्शकसँग कुराकानी गरिरहेको छ ।
चलचित्र वितरक करण श्रेष्ठले आफूहरुले ७ वटा चलचित्रको क्यालेन्डर बनाएर कुराकानी अगाडि बढाएको बताए ।३ महिनाका लागि हामीले ७ वटा चलचित्रको सूची तयार गरेका छौं । जसमा, म यस्तो गीत गाउँछु २, चिसो मान्छे, प्रेमगीत ३, चपली हाइट ३, लक्का जवान र हिजो आजका कुरा छन् ।
उनका अनुसार, ‘म यस्तो गीत गाउँछु २’लाई दशैं र ‘चिसो मान्छे’लाई तिहारमा रिलिज गर्ने गरी छलफल अगाडि बढाइएको छ । प्रदर्शक, निर्माता र वितरक एकसाथ बसेर कुनै पनि रिसाराग नराखी चलचित्र क्षेत्रलाई अगाडि बढाउनका लागि एक अर्कालाई सक्दो सहयोग गर्ने बिषयमा कुराकानी अगाडि बढेको करणले बताए ।
चलचित्रहरु रिलिज गर्ने बिषयमा वितरक र प्रदर्शकले सूची बनाएपनि निर्माताले रिलिज गर्न चाहन्छन् या चाहदैनन् भन्ने मुख्य कुरा हो । यसका लागि, निर्मातालाई कुन कुन बाटोबाट चलचित्र चलाउन सकिन्छ भनेर विकल्पहरु समेत प्रस्तुत गरिएको करण बताउँछन् ।
उनले, निर्मातालाई दिने शेयरको बिषयमा पनि नयाँ तरिकाले केही समयसम्म अगाडि बढ्नुपर्छ भन्ने बिषयमा सोचिएको बताए । यसैबिषयमा कुरा गर्नका लागि आज फेरि वैठक राखिएको छ ।

अन्तिम अपडेट: 2021-September-16 समय 8:57 AM

103 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media