नेपालले आज महिला एसियन कप–२०२२ को छनोटमा फिलिपिन्ससँग खेल्दै

नेपालले आज महिला एसियन कप–२०२२ को छनोटमा फिलिपिन्ससँग खेल्दै
Share this

असल खबर-एएफसी महिला एसियन कप–२०२२ को छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दै। खेल दिउँसो पौने ४ बजे उज्वेकिस्तानको जेएआर स्टेडियमा सुरु हुनेछ ।
नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले पत्रकार सम्मेलनमा आफूले नयाँ र बलियो टिम तयार पारेकाले राम्रो नतिजा आउनेमा ढुक्क रहेको बताएका छन् । छनोट अन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।
समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्षको फेब्रुअरीमा भारतमा हुने महिला एसियन कप खेल्न पाउनेछ । छनोट अघि नेपालले काठमाण्डौमा बङ्गलादेशसँग २ वटा मैत्रीपूर्ण खेल खेलेकोमा एकमा जित र एकमा बराबरीको नतिजा निकालेको थियो ।

अन्तिम अपडेट: 2021-September-18 समय 8:07 AM

90 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media