आज केही भू भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज केही भू भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
Share this

असल खबर-आज देशका विभिन्न स्थानमा मौसम पूर्वानुमान महाशाका अनुसार वर्षाको सम्भावना रहेको जनाएको छ।आज बिहान प्रदेश १‚ प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाका केही भू भुगमा पनि हल्का पानी परिरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
दिउँसो प्रदेश १‚ प्रदेश २‚ बागमती र गण्डकी विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्ययम खालको वर्षा हुने सम्भावना छ। यीबाहेक बाँकी प्रदेशमा पनि फाट्टफुट्ट पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाको अनुसार आगामी सोमबारसम्म भारि वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

अन्तिम अपडेट: 2021-September-18 समय 8:40 AM

228 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com