माधवका पितालाई प्रबल, प्रचण्ड पत्नीलाई प्रसिद्ध जनसेवाश्री

Share this

न्युज कारखाना काठमाडौं, ३ असोज । संविधान दिवसका असरमा ९०३ जनालाई  मान-पदवी, अलंकार र पदकबाट विभूषण गर्ने घोषणा सरकारले आइतबार गरेको छ ।

९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको नाम पनि समावेश छ ।

माधवका पिता स्वर्गीय मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदक घोषणा गरिएको छ । उनको नाम प्रबल जनसेवाश्रीको दोस्रो नम्बरमा छ ।

त्यस्तै, प्रचण्डकी बिरामी पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ ।

अन्तिम अपडेट: 2021-September-19 समय 11:54 AM

108 पटक पढिएको

लेखक

न्युज कारखाना

न्युज कारखाना
दशौवर्ष पत्रकारिता अनुभव बोकेका पत्रकारको समूह, देशभरका ७७ जिल्लामा जागरुक संवाददाता र विदेश र प्रवासमा समेत संवाददाता भएको एउटा समाचार र समाचारमूलक सामग्री उपलव्ध गराउने एजेन्सी हो ।

Share this
Powered By : Asal Sathi Media