जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ
काठमाडौ- नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएको बताउनुभयो ।
फरार भएका खड्कालाई प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खोजतलास गर्दा फेला पारेको हो । प्रहरीले डलर देखाएर लुटपाट गरेको अभियोगमा खड्कालाई पक्राउ गरेको थियो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८० चैत्र १६, शुक्रबारसर्वोच्चद्वारा काँग्रेस सांसद टेकबहादुर गुरुङमाथिको निलम्बन फुकुवा
- खेलकुद२०८० चैत्र १६, शुक्रबारबागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १६, शुक्रबारसफल ब्यापारका साथ दोस्रो सातामा ‘महाजात्रा’
- समाचार२०८० चैत्र १६, शुक्रबारबागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने