सरकारले आजदेखि भेरोसेल खोप लगाउने, क-कसले पाउँछन् ?

सरकारले आजदेखि भेरोसेल खोप लगाउने, क-कसले पाउँछन् ?
Share this

Last updated on October 1st, 2021 at 02:18 pm

न्युज कारखाना काठमाडौं, ४ असोज । सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सरकारले विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागेको हो ।

सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउने स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले जनाएको छ । यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेका मानिसले यसपालि खोप लगाउन सक्ने पनि मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्ष माथिकालाई पनि खोप लगाउने मनत्रालयले जनाएको छ । साथै १८ वर्षमाथिका विद्यार्थीले पनि खोप पाउँने छन् । यस्तै रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिने सरकारको तयारी रहेको मन्त्रायले जनाएको छ ।

मन्त्रालयका अनुसार १४ असोजसम्म पहिलो मात्राको खोप लगाउन लागिएको हो । पहिलो मात्रामा भेरोसेल खोप लगाउनेलाई ४ देखि १४ कार्तिकसम्म दोस्रो मात्रामा भेरोसेल खोप नै लगाइने मन्त्रालयले जानकारी दिएको छ ।

अन्तिम अपडेट: 2021-October-01 समय 2:18 PM

66 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

न्युज कारखाना

न्युज कारखाना
दशौवर्ष पत्रकारिता अनुभव बोकेका पत्रकारको समूह, देशभरका ७७ जिल्लामा जागरुक संवाददाता र विदेश र प्रवासमा समेत संवाददाता भएको एउटा समाचार र समाचारमूलक सामग्री उपलव्ध गराउने एजेन्सी हो ।

Share this
Powered By : Asal Sathi Media