बैतडी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, खाटमाथि खाट राखेर ओछ्यान

बैतडी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, खाटमाथि खाट राखेर ओछ्यान
Share this

न्युज कारखाना, बैतडी, ५ असोज । जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन् । बस्ने क्षमताको तेब्बर हुँदा बन्दीहरूलाई बस्न निकै समस्या भएको छ ।

२५ जनाको क्षमता भएको कारागारमा अहिले ७५ जना कैदीबन्दी राखिएका छन् । क्षमताभन्दा बढी कैदी बन्दी हुँदा बसोबासका लागि पनि निकै समस्या भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए ।

कैदीबन्दीहरूलाई बसोबासको समस्या भएपछि कारागार परीसरमा टेन्ट राखेर बसोबासको व्यवस्था मिलाएको उनले बताए । ‘कैदी बन्दीहरूलाई बसोबासकै समस्या रहेको छ । क्षमताभन्दा बढी कैदी बन्दी हुँदा व्यवस्थापन गर्न निकै समस्या भएको छ’, उनले भने ।

कारागार परिसरमा दुईवटा टेन्ट राखिएका छन् भने कोठाहरूमा पनि खाटमाथि खाट राखेर बसोबासको व्यवस्था मिलाइएको तिवारीले बताए ।

यसका साथै कारागारको पुरानो भवन पनि जीर्ण भइसकेको छ ।   जिल्ला कारागारमा महिला कैदीबन्दी आएमा डडेल्धुरा पठाउनुपर्ने बाध्यता छ ।

अन्तिम अपडेट: 2021-September-21 समय 12:25 PM

102 पटक पढिएको

लेखक

न्युज कारखाना

न्युज कारखाना
दशौवर्ष पत्रकारिता अनुभव बोकेका पत्रकारको समूह, देशभरका ७७ जिल्लामा जागरुक संवाददाता र विदेश र प्रवासमा समेत संवाददाता भएको एउटा समाचार र समाचारमूलक सामग्री उपलव्ध गराउने एजेन्सी हो ।

Share this
Powered By : Asal Sathi Media