दशैँअघि नै बालबालिकाका लागि कोरोना विरुद्धको खोप ल्याउने सरकारको तयारी

दशैँअघि नै बालबालिकाका लागि  कोरोना विरुद्धको खोप ल्याउने सरकारको तयारी
Share this

असल खबर– बालबालिकाका लागि आवश्यक कोरोना विरुद्धको खोप ल्याउने तयारी भइरहेको सरकारले जनाएको छ ।

बालबालिकाका लागि आवश्यक मोडर्ना र फाइजर खोप ल्याउने गरी स्वास्थ्य मन्त्रालयले तयारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँअघि नै एक लाख डोज खोप ल्याउने बताउनुभएको छ ।

आज चितवनमा भएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको र फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको समेत बताउनुभयो ।

यो खोप अत्याधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल चलिरहेको उहाँको भनाइ छ । आउँदो चैत महीनाभित्र कोरोना विरुद्धको पूर्ण खोप लगाइसक्ने गरी ल्याइने पनि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बताउनुभयो ।

सरकारले अहिले १८ वर्षभन्दा माथिका विद्यार्थी र ४५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइरहेको छ । अब बालबालिकालाई समेत खोप लगाउने तयारी छ । रासस

अन्तिम अपडेट: 2021-September-24 समय 5:02 PM

72 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media