१२ वर्षमाथिका शारीरिक रूपमा अशक्त बालबालिकालाई श्रीलङ्कामा खोप दिन सुरु

१२ वर्षमाथिका शारीरिक रूपमा अशक्त बालबालिकालाई श्रीलङ्कामा  खोप दिन सुरु
Share this

 असल खबर– शारीरिक रूपमा अशक्तता भएका १२ देखि १९ वर्षका बालबालिकाहरूलाई श्रीलङ्कामा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
राजधानी कोलम्बो, उत्तरमध्य प्रान्त र उत्तरपश्चिमी प्रान्तमा १२ देखि १९ वर्ष उमेर समूहका शारीरिक अशक्तता भएका बालबालिकालाई कोरोनाको खोप लगाउन सुरु गरिएको श्रीलङ्काको सैनिक कमान्डर तथा कोभिड–१९ को रोकथामका लागि राष्ट्रिय परिचालन केन्द्रले बताएको छ ।
केन्द्रका प्रमुख जनरल शाभेन्द्र सिल्भाका अनुसार डाक्टरको निगरानीमा फाइजर कम्पनीले उत्पादन गरेको खोप बालबालिकालाई लगाउन सुरु गरिएको हो । बालबालिकाको लागि खोप अभियान अब देशै देशैभरि नै सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी गराउनु भएको छ ।
श्रीलङ्कामा शारीरिक अपाङ्गता भएका बालबालिकाहरू ५० हजार जति आकलन गरिएको छ। श्रीलङ्कामा राष्ट्रव्यापी बृहत् खोप कार्यक्रम अन्तर्गत भने २० वर्ष नाघेका नागरिकका लागि खोप लगाइएको छ। त्यहाँ लगाइएका वा लगाउन अनुमति पाएका प्रमुख खोप सिनोफार्म हो ।
त्यस्तै एस्ट्राजेनेका, फाइजर मोडर्ना र स्पुतनिक भी लगाउन पनि अनुमति दिइएको छ । श्रीलङ्कामा हालसम्म कुल पाँच लाख १० हजार ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १२ हजार ४ सय ४८ जनाको ज्यान गइसकेको छ । एजेन्सी 

अन्तिम अपडेट: 2021-September-25 समय 8:58 AM

74 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media