आज ईपीएल क्रिकेटमा काठमाण्डौ र पोखरा खेल्दै

आज ईपीएल क्रिकेटमा काठमाण्डौ र पोखरा खेल्दै
Share this

असल खबर-आज हुने एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा एउटा मात्रै खेलमा काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा राइनोज खेल्दैछन् ।
खेल दिउँसो सवा १२ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाण्डौले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अङ्क बाँडेको थियो ।
पानी परेपछि पोखरा र भैरहवाबीचको यस भन्दा अघिको खेल रद्द भएको थियो । त्यस्तै हिजो पनि पानी परेका कारण काठमाण्डौ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको थियो ।

अन्तिम अपडेट: 2021-September-28 समय 6:54 AM

138 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media