६ विकेटले हरायाे आईपीएल क्रिकेटमामा चेन्नईले हैदराबादलाई

६ विकेटले हरायाे आईपीएल क्रिकेटमामा चेन्नईले हैदराबादलाई
Share this

असल खबर-इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटखेलमा चेन्नई सुपर किङ्ग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो । जित भएसँगै चेन्नई प्ले अफमा प्रवेश गरेको छ ।
हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ४५ रन बनाए । फाप डु प्लेसिसले ४१ रन जोड्दा मोइन अलिले १७ रन बनाए ।
यस भन्दा पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

अन्तिम अपडेट: 2021-October-01 समय 8:29 AM

132 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media