दीपकराजको असन्तुष्टि संकटमा हल चलाउन विदेशी फिल्म नै चाहिए पछि

दीपकराजको असन्तुष्टि संकटमा हल चलाउन विदेशी फिल्म नै चाहिए पछि
Share this

असल खबर- यस बर्षको दशैंमा नेपाली चलचित्र चलाउने साहस कुनै मेकरले गरेनन् । शोभित बस्नेतको ‘डाँडाको वर पीपल’ बाहेक अरु निर्माता दशैंमा आउने सोचमा भएनन । हल चलाउनका लागि प्रदर्शकले विदेशी चलचित्रकै सहयोग लिनुपर्ने परिस्थिति सिर्जना भयो । बिगत ४ महिनादेखि बन्द हलमा पहिलो दिन नै अंग्रेजी चलचित्र लाग्दैछ ।
२ बर्ष अगाडिसम्म दशैंमा दीपकराज गिरी र उनको टिमले चलचित्र रिलिज गर्ने गरेका थिए । तर, यसपटक दीपकराजको टिमले चलचित्र छायांकन नै गरेको छैन । गतबर्षदेखि नै यो बर्षको दशैंमा चलचित्र रिलिज गर्ने सोेच बोकेर बसेका निर्माता समेत पछि परे । महंगो पारिश्रमिक लिएर स्टार कहलिएका कलाकारलाई आफैमाथि विश्वास नभएको देखियो ।
दीपकले सहज अवस्थामा आफ्नै चलचित्रसँग भिड्ने निर्माताहरु अप्ठ्यारो परिस्थितीमा विदेशी चलचित्रको आशामा बस्ने गरेको भन्दै असन्तुष्टी जनाएका छन् ।

अन्तिम अपडेट: 2021-October-01 समय 8:52 AM

166 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media