आमचुनावका लागि जापानमा तयारी सुरु

आमचुनावका लागि जापानमा तयारी सुरु
Share this

असल खबर-जापानमा नवनियुक्त प्रधानमन्त्री फुमियो किशिदाले आमचुनावको तयारी थाल्नुभएको छ ।
देशको १०० औं नवनियुक्त प्रधानमन्त्रीमा नियुक्त भएपछि किशिदाले चुनावको मिति घोषणा गर्ने तयारी थालेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यही आउदो अक्टोबर ३१ का दिन चुनाव गर्नेगरी तयारी थाल्नुभएको छ ।
जापानको प्रतिनिधि सभाको अवधि यही अक्टोबर २१ देखि सकिँदैछ । प्रधानमन्त्री किशिदाले अक्टोबर १४ तारिखमा तल्लो सदन विघटन गर्ने योजना बनाएको खबरमा उल्लेख छ । गएको हप्ता सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व सम्हाल्नुभएको किशिदालाई हिजो संसदमा भएको मतदानले प्रधानमन्त्रीमा अनुमोदन गरेको थियो । एजेन्सी 

अन्तिम अपडेट: 2021-October-05 समय 7:39 AM

110 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media