दिल्ली शीर्षमा चेन्नईलाई हराउँदै

दिल्ली शीर्षमा चेन्नईलाई हराउँदै
Share this

असल खबर-दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सलाई ३ विकेटले ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हराएको छ।​
चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो भने दिल्लीको जितमा शिखर धवनले ३९ रन जोड्दा शिम्रन हिटमायरले अविजित २८ रन बनाए।
चेन्नईका रविन्द्र जडेजा र शार्दुल ठाकुरले २–२ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो।
चेन्नईका अम्बाती रायडुले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले। रोबिन उथप्पाले १९ तथा महेन्द्र सिंह धोनीले १८ रन बनाए। दिल्लीका अक्षर पटेलले २ विकेट लिए।
जित भए सँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले १३ खेलमा २० अंक जोडेको छ। १८ अंक जोडेको चेन्नई दोस्रो स्थानमा छ।

अन्तिम अपडेट: 2021-October-05 समय 8:05 AM

104 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media