आज विश्वासको मत लिंदै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले

आज विश्वासको मत लिंदै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले
Share this

असल खबर- आज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिंदैछन् । संविधान अनुसार सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) फुटेपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
आज बिहान ११ बजे विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री राउतले विश्वासको मत पाउने निश्चित छ ।
सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका ८ जना गरी ७९ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।
प्रदेश २ का कुल १०७ सांसदमध्ये माओवादी केन्द्रले तीन जनालाई बर्खास्त गरेपछि १०४ जना सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा) का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् ।
लोकतान्त्रिक समाजवादी पाटीले भने मुख्यमन्त्रीको राजीनामा माग्दै प्रदेश सभाको बैठक अवरुद्ध गर्ने बताएको छ ।

अन्तिम अपडेट: 2021-October-06 समय 8:35 AM

111 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media