एक्स ९’ मा सुनिल सेट्टी सम्झौता हुने केही दिनमा

एक्स ९’ मा  सुनिल सेट्टी सम्झौता हुने केही दिनमा
Share this

असल खबर-चलचित्र ‘एक्स ९’मा बलिउडका सफल नायक सुनिल सेट्टीले काम गर्ने संभावना बढेको छ ।फ्रेबुअरी महिनाबाट यूरोपका भू भागमा छायांकन हुने छ। यस चलचित्रका निर्देशक मुकुन्द भट्ट सहितको टिम उनलाई भेट्न केही दिन अगाडि मुम्बई पुगेको थियो । मुकुन्दले सुनिलसँग भेट भएको जनाएका छन् ।
थाहाहुन् आए अनुसार, सुनिलसँग केही दिनमा नै लिखित संझौता हुनेछ । यदि, चलचित्रका लागि सुनिलले संझौता गरेको खण्डमा उनी यो चलचित्रमा मुख्य खलपात्रको भूमिकामा देखिनेछन् ।
चलचित्रलाई महंगो बजेटमा बनाउने तयारी निर्देशक भट्टको छ । चलचित्रमा नायक अनमोल केसी शिर्ष भूमिकामा देखिदैछन् । साथमा चलचित्रमा सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतका कलाकार फाइनल भैसकेका छन् ।चलचित्रका लागि अहिले कलाकारहरु जीममा व्यस्त छन् । यस चलचित्रका लागि अनमोल र पुष्पले २० केजी तौल बढाउँदैछन् ।

अन्तिम अपडेट: 2021-October-09 समय 11:40 AM

102 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media