नेपाल आइपुग्याे भारतबाट १० लाख डोज कोभिसिल्ड खोप

नेपाल आइपुग्याे भारतबाट १० लाख डोज कोभिसिल्ड खोप
Share this

असल खबर-सरकारले भारतसँग गएको फागुनमा खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप यतिबेला नेपाल आइपुगेको छ ।
सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । तीमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप भने ७ महिनादेखि आएको थिएन ।
खरिद गरेको सात महिनापछि बाँकी १० लाख डोज खोप हिजो मात्रै नेपाल ल्याइएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार हिजो दिउँसो साढे २ बजे त्रिभुवन विमानस्थलमा खोप बोकेर आएको जहाज अवतरण गरेको थियो ।
खरिदको खोप आएपछि मन्त्रालयले कोभिसिल्ड खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिने तयारी गरेको छ ।

अन्तिम अपडेट: 2021-October-10 समय 8:14 AM

117 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media