मस्को आक्रमण अपडेटः १ सय ३३ जनाको मृत्यु, १ सय ४० भन्दा बढी घाइते
रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा हतियारधारीले आक्रमण गर्दा कम्तीमा १ सय ३३ जनाको मृत्यु भएको छ । सो हमलामा परी १ सय ४० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
क्रोकस सिटी हलको कन्सर्टमा सहभागी हुन आएकाहरुमाथि अज्ञात बन्धुकधारी समूहले आक्रमण गरेको बिबिसीले उल्लेख गरेको छ । आक्रमणकारीले स्वचालित हतियार प्रयोग गरेका थिए ।
आक्रमणपछि भवनमा आगलागी भएको र त्यसभित्र धेरै मानिस फसेको अनुमान रहेको समाचारमा उल्लेख छ । घटनाको जिम्मेवारी विद्रोही समूह इस्लामिक स्टेटले लिएको छ ।
इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको दाबी विश्वसनीय भएको अमेरिकाले बताएको छ । ह्वाइट हाउसले स्थितिको बारेमा थप जानकारी लिने काम भैरहेको भन्दै आक्रमणमा युक्रेनले कुनै पनि संलग्नता अस्वीकार गरेको जनाएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १५, बिहीबारछैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुल्ला
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १५, बिहीबारकम शो दिइएको भन्दै एनिमेटेड फिचर फिल्म ‘सलिना’ले गर्यो रिलिज स्थगित
- समाचार२०८० चैत्र १५, बिहीबारआशा जगाउने गरी काम गरौँ : प्रधानमन्त्री (भिडियोसहित)
- समाचार२०८० चैत्र १५, बिहीबारबागमती प्रदेशमा चार दलबीच सत्ता सहकार्य गर्ने सहमति