बूढीगण्डकी,दूधकोशी र नलगाड प्राथमिकतामा छः मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न जलाशयुक्त आयोजना निर्माण गर्नुको विकल्प नभएको बताउनुभएको छ । गोरखाको धार्चे, आरुघाट र चुमनुब्री गाउँपालिकाद्वारा आज आयोजित कार्यक्रममा उहाँले ऊर्जा सन्तुलनका लागि भए पनि जलाशयुक्त आयोजना निर्माण गर्नैपर्ने बताउनुभयो ।
मुलुकको ऊर्जा आवश्यकता पूरा गर्न सरकारले पूर्वी क्षेत्रमा दूधकोशी, मध्य क्षेत्रमा बूढीगण्डकी र पश्चिममा नलगाढ जलाशयुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको उहाँको भनाइ छ । “अहिले बूढीगण्डकी परियोजनाको काम धेरै अघि बढेको छ, नलगाड पनि कार्यान्वयनका लागि तयारी अवस्था छ”, मन्त्री बस्नेतले भन्नुभयो ।
उहाँले मुलुकको विद्युत् उत्पादनको इतिहास एक शताब्दी नाघेको भए पनि पछिल्लो समय विद्युत् उत्पादनमा ठूलो फड्को मारिएको बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य छमबहादुर गुरुङ, गोरखामा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकहरू सहभागी हुनुहुन्थ्यो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- खेलकुद२०८० चैत्र १६, शुक्रबारहेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
- समाचार२०८० चैत्र १६, शुक्रबारनयाँ शैक्षिक सत्रका लागि हिमाली जिल्ला म्याग्दीमा भित्रियो नयाँ पाठ्यपुस्तक
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १६, शुक्रबार‘डिग्री माइला’को ट्रेलरलाई मिलियन भ्यूज, अझै ट्रेन्डिङको पहिलो नम्बरमा
- समाचार२०८० चैत्र १६, शुक्रबारमौसम: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने