बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै राजीनामा दिने तयारीमा

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै राजीनामा दिने तयारीमा
Share this

असल खबर-बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै राजीनामा दिने तयारी गरेकी छन् । प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठका अनुसार प्रदेशसभामा बहुमत नजुट्ने प्रस्ट भइसकेको अवस्थामा मुख्यमन्त्री शाक्यले राजीनामाको तयारी गरेकी हुन् ।
मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेशसभाको अघिल्लो बैठकमा छलफल भएको थियो । बुधबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नका जवाफ दिने कार्यसूची छ ।
बुधबार नै प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुने जनाइएको छ ।
प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ । यसैबीच,यस अघि बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश पूर्वाधार स्वास्थ्य प्रवर्द्धन कोभिड १९ पुनर्स्थापनाको कार्यविधि र एक विद्याले एक नर्स कार्यक्रमको कार्यविधि पारित गरेको छ । बैठकले प्रदेश बीउबिजन भण्डारण र प्रशोधन केन्द्र हेटौंडामा स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री केशवराज पाण्डेले जानकारी दिए ।

अन्तिम अपडेट: 2021-October-27 समय 2:27 PM

225 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com