जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा बेलायत प्रस्थान
Share this

असल खबर-प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन बेलायत प्रस्थान गरेका छन् ।

आज बिहान कतार एयरवेजको जहाजबाट प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गरेका हुन् । पाँचौ पटकको प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन बेलायतको शहर ग्लासगोमा यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवाले त्यहाँ वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवसहित २० सदस्य छन् । प्रधानमन्त्री देउवासहितको टोली १८ गते स्वदेश फर्किने छ ।
प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कामकाज गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्नेछन् ।

अन्तिम अपडेट: 2021-October-29 समय 11:30 AM

210 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com