राष्ट्रपति भण्डारी स्याउ फार्म अवलोकन गर्न मनाङ

राष्ट्रपति भण्डारी स्याउ फार्म अवलोकन गर्न मनाङ
Share this

असल खबर-आज राष्ट्रपति विद्यादेवी भण्डारी स्याउ फार्म अवलोकन गर्नको लागि मनाङ जाँदैछिन् । राष्ट्रपति भण्डारी मनाङ डिस्याङ गाउँपालिका वडा नम्बर १ भ्राताङस्थित एग्रो मनाङ स्याउ फार्म अवलोकन गर्न जान लागेकी हुन् । एग्रो मनाङ स्याउ फार्म सांसद पाल्देन छोपाङ गुरुङको हो । यसलाई नेपालकै ठूलो स्याउ फार्म भनिन्छ ।
तीन वर्ष पहिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यस फार्मको अवलोकन तथा उद्घाटन गरेका थिए । फार्म सञ्चालक गुरुङ एमालेबाट निर्वाचित सांसदसमेत हुन् ।
राष्ट्रपति भण्डारी स्याउ फार्म अवलोकन गरेर फर्किने कार्यक्रम रहेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
यसैगरी बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिने र प्रभावित क्षेत्रको हवाई निरीक्षण पनि गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

अन्तिम अपडेट: 2021-November-01 समय 12:01 PM

142 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com