सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता

सुनकोशी नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता

उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन ।

बेपत्ता हुनेमा ८ बर्षीय चोलकचन्द्र मगर,७ बर्षीय रिदम मगर र ११ बर्षीया रेखा मगर रहेका छन ।

होली खेले पश्चात साउनेस्थित धाप्लाङघाटमा पौडी खेल्न गएका उनीहरु कोशी नदीमा हराएका हुन । दिउँसो ३ बजे बालबालिकाहरु धाप्लाङघाटको सुनकोशी नदीमा पौडिखेल्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनीहरु तीनै जना होली खेलेपछि पौडी खेल्न सुनकोशीमा गएका थिए ।

पौडी खेल्न गएका अरु ४ जना बालबालिकालाई भने स्थानीयले कोशी नदीबाट उद्धार गरेको त्रियुगा- १४ का वडाध्यक्ष हेमराज मगरले जानकारी दिनुभयो ।

बेपत्ता बालबालिकाको खोजी कार्य स्थानीय र प्रहरीले गरिरहेको वडाध्यक्ष मगरको भनाइ छ ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  मध्यपूर्वमा सल्केको युद्धको डढेलो अझ भयावह बन्दै