उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्ब संसारकै मौलिक पर्व भएको उल्लेख गर्नु भयो

उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्ब संसारकै मौलिक पर्व भएको उल्लेख गर्नु भयो
Share this

असल खबर-छठ पर्वको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन् ।
यस पर्वले आपसी एकतामा थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको जारी गरेको शुभकामना सन्देशमा छठ पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उल्लेख छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्ब संसारकै मौलिक पर्व भएको उल्लेख गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा सदभाव र एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि छठ पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा उनले छठ पर्वलाई सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्व भनेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छठको अवसरमा सबै नेपालीलाई शुभकामना दिएका छन् ।बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ-आफ्नै पृष्ठभूमि रहे पनि अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल रहेको बताएका छन् । कोरोना त्रास कायमै रहेकाले स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन उनले अपिल पनि गरेका छन् ।विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा पर्वको रुपमा नेपालभरि विस्तार भएको छ ।सूर्यको उपासना गरी मनाइने छठ पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गरेपछि कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ सम्पन्न हुन्छ ।

 

 

 

 

 

 

 

अन्तिम अपडेट: 2021-November-10 समय 11:27 AM

114 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com