राष्ट्रपतिबाट जनगणना शुभारम्भ

राष्ट्रपतिबाट जनगणना शुभारम्भ
Share this

असल खबर-‘मेरो गणना मेरो सहभागिता’मूलनाराका साथ १२ औँ राष्ट्रिय जनजणना शुरु भएको छ। आजबिहान राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरिएको हो।

राष्ट्रिय योजनाआयोग र तथ्यांक विभागका प्रतिनिधि पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए।

प्रत्येक १० वर्षमागरिने जनणना नेपालमा संघीयता कार्यान्वयनपछि पहिलोपटक हुन लागेको हो। केन्द्रीय तथ्यांक विभागको अनुसार राष्ट्रपतिको विवरण संकलनपछि उपराष्ट्रपति र प्रधानमन्त्रीको विवरण लिइएको छ।

प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडा अध्यक्षको विवरण लिएर जनगणना प्रारम्भ गरिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए।

उनले जनगणना राष्ट्रिय महाअभियान भएकाले सबैले ढुक्क भएर गणकले सोधेका प्रश्नको जवाफ दिन आग्रह गरका छन्।

मंसिर ९ गतेसम्म संचालन हुने जनगणनाका लागि ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक परिचालन गरिएको विभागले जनाएको छ। गणकहरुले एउटा परिवारलाई ८० वटा प्रश्न सोध्नेछन्।

 

अन्तिम अपडेट: 2021-November-11 समय 1:12 PM

84 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com