नेपाल बन्दको आह्वान

नेपाल बन्दको आह्वान
Share this

असल खबर-जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु को मूल्यवृद्धिविरुद्ध नेत्र विक्रम चन्द् विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको छ। पार्टीका महासचिव विप्लवले बिहीबार प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन्।
कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचारप्रसार र साँझ मसाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन, दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मसाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन्।

अन्तिम अपडेट: 2021-November-11 समय 1:23 PM

85 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com