नेता सिंहले सरकारले अदालतको आन्दोलन हेरेर बस्‍न नमिल्ने बताउनु भयो

नेता सिंहले सरकारले अदालतको आन्दोलन हेरेर बस्‍न नमिल्ने  बताउनु भयो
Share this

असल खबर-सरकारले न्यायालयमा भइरहेको विवादको मूकदर्शक भएर बस्न नमिल्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन्।

नेता सिंह बुधबार विराटनगर पुगेका विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ उत्पन्न भएका विवाद विधिसम्मत तरिकाले नै समाधान गर्नुपर्ने बताएका हुन्। एक-दुईजना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उहाको भनाइ छ।

सरकार न्यायपालिका भइरहेको विवादको मूकदर्शक हुनु हुँदैन उनले भने। विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गर्नुपर्छ ।

साथै उनले वर्तमान स्थितिमा अर्ली इलेक्सनको सम्भावना नभएको भन्दै अब समयमा नै संघीय र स्थानीय निकायको निर्वाचन हुने बताए। पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनेसमेत दोहोर्‍याएका छन्। वर्तमान नेतृत्व असफल भएको र जनताले विश्वास गर्न छाडेकाले नेतृत्व परिवर्तन जरुरी रहेको उनको भनाइ छ।

अन्तिम अपडेट: 2021-November-17 समय 12:56 PM

130 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com