एमालेको महाधिवेशन २ दिन पर सरदा डेढ करोड खर्च बढ्यो

एमालेको महाधिवेशन २ दिन पर सरदा डेढ करोड खर्च बढ्यो
Share this

असल खबर-नेकपा एमालेको महाधिवेशन दुई दिन परसरदा झन्डै डेढ करोड रुपैयाँ बढी खर्च भएको छ । एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म तय भए पनि तोकिएको मितिमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन नसकेपछि दुई दिन पर पुगेको थियो । १२ गते एक दिन सहमतिको प्रयास गरिँदा निर्वाचन कार्यक्रम र बन्द सत्र प्रभावित भएको थियो भने त्यसपछि निर्वाचन कार्यक्रम अघि बढाउँदा आज सम्म लाग्न पुगेको हो ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले दुई दिन महाधिवेशन लम्बिँदा करिब १ करोड ५० लाख बढी खर्च भएको बताए । यद्यपि यसको यकिन विवरण पछि प्राप्त हुने उनको भनाइ छ । उनका अनुसार हालसम्म महाधिवेशनमा करिब ९ करोड खर्च भएको छ । एमालेको महाधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सक्ने तयारी छ । एमालेको महाधिवेशनको उद्घाटन चितवनस्थित नारायणी नदी किनार र बन्दसत्र सौराहामा भएको हो । महाधिवेशनमा एमालेका २१५३ प्रतिनिधि सहभागी छन् ।

 

अन्तिम अपडेट: 2021-November-30 समय 11:59 AM

142 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com