नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा सम्पन्न

नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा सम्पन्न
Share this

असल खबर-चितवनमा जारि भएको नेकपा एमालेको दशौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनको उदघाटन नारायणी नदी किनारमा भएको थियो । नारायणी किनारबाट दासढुंगाबाट करिब १५ किलोमिटर टाढा पर्छ । दासढुंगा त्यही स्थान हो- जहाँ नेकपा एमालेका लोकप्रिय नेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ‘रहस्यमय’ दुर्घटनामा मृत्यु भएको थियो । आलोचकहरुले दासढुंगामा एमालेका लोकप्रिय नेताहरुको अवसान भएजस्तै यसको नजिकै नारायणी किनारमा उनले प्रतिपादन गरिएको जनताको बहुदलीय जनवादको मर्मको व्यवहारिक बिसर्जन गरिएको आरोप लगाइरहेका छन् ।
मदनद्वारा प्रतिपादित जबजको मूल स्पिरिट हो- आन्तरिक प्रतिस्पर्धाद्वारा उत्कृष्टता हासिल गर्ने । कम्युनिष्ट आन्दोलनले विश्वव्यापी रूपमा धक्का व्यहोरिरहेको अवस्थामा मदनले नेपालमा कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणको प्रयास गरे ।
आजको विशाल एमालेसँग मुलतः तीनवटा शक्तिका स्रोतहरू छन् । पहिलो- पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारी ऐतिहासिक क्रेज । दोस्रो- परम्परावादी कम्युनिष्ट दृष्टिकोणबाट ‘शिफ्ट’ गरेर नेपालको लोकतान्त्रिक मूलप्रवाहसँग जोड्ने प्रतिवद्धता र, तेस्रो- आन्तरिक लोकतन्त्र र यसैको जगमा बनेको बलियो संगठन ।

अन्तिम अपडेट: 2021-December-01 समय 11:30 AM

219 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com