काँग्रेसको ६२ जिल्लामा नयाँ नेतृत्व

काँग्रेसको ६२ जिल्लामा नयाँ नेतृत्व
Share this

असल खबर-६२ जिल्लामा पार्टीको नयाँ नेतृत्व नेपाली काँग्रेसले चयन गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ । प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बाँकी छ । प्रदेश दुईमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।

त्यस्तै गरि बागमती प्रदेशमा चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा पनि अधिवेशन सम्पन्न भएको छैन । चितवनमा आज जिल्ला अधिवेशन गर्ने तालिका भएपनि निर्वाचन अधिकृतले राजीनामा दिएपछि अन्योलता सिर्जना भएको छ । मकवानपुर र सिन्धुपाल्चोकमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने छ ।

गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी नै छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन । नवलपरासी पूर्व र बाँकेमा पनि महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।

सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ । कैलाली र अछाममा महाधिवेशनपछि जिल्ला अधिवेशन गर्ने तयारी छ । जिल्ला अधिवेशन सम्पन्न नभएका १५ जिल्लामा महाधिवेशन प्रतिनिधि चयन भइरहेको अवस्था छ ।
प्रदेश २ मा आज पनि महाधिवेशन प्रतिनिधिका लागि विभिन्न जिल्लामा चुनाव भइरहेको छ । भोलिबाट प्रदेश अधिवेशन सुरु हुने भएकाले १५ जिल्लाको अधिवेशन महाधिवेशन पछि हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ ।
यता ६२ जिल्ला सभापति चयन हुँदा प्रदेश एक, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम सभापति शेरबहादुर देउवा पक्षको वर्चश्व देखिएको छ । लुम्बिनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको उपस्थिति बलियो छ । पौडेल पक्षको आधार क्षेत्र मानिएको प्रदेश १ र गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिमा देउवा पक्षले जबरजस्त उपस्थिति जनाएको छ ।

 

अन्तिम अपडेट: 2021-December-01 समय 11:40 AM

164 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com