ऐतिहासिक दिन,सुरु भयो सर्वोच्चको, गोलाप्रथा

ऐतिहासिक दिन,सुरु भयो सर्वोच्चको, गोलाप्रथा
Share this

असल खबर-सर्वोच्च अदालतमा आज मंसिर १५ गते बुधबारबाट गोला प्रक्रियामार्फत पेसी तोक्ने सुरुवात भएको छ । बुधबार बिहान साढे १० बजे सर्वोच्चका न्यायाधीशहरूले गोला तानेर यसको सुरुवात गरेका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार बुधबारबाट गोला प्रक्रिया सुरु भएको छ ।

सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार बिहान साढे १० बजे गोला तान्ने काम सकिएको छ भने कम्प्युटरमा चढाउने लगायत केही प्रशासनिक काम बाँकी रहेको छ । बिहान ११ बजेभित्र कम्प्युटरमा पेसीको प्रविष्ट गरी इजलास गठन हुनेछ ।
यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था रहेकामा आजबाट गोला प्रक्रियाबाट पेसी तोक्ने सुरुवात भएसँगै सबै न्यायाधीश नियमित इजलासमा फर्कने भएका छन् । मंगलबार मात्रै नेपाल बार एशोसिएसनले पनि विज्ञप्ति जारी गरेर गोला प्रक्रियाबाट पेसी तोक्ने कामको स्वागत गरेको छ । यद्यपि सर्वोच्च अदालतका अन्य न्यायाधीश र नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सँगै नबस्ने र बहस नगर्ने बताइसकेका छन् ।

 

अन्तिम अपडेट: 2021-December-01 समय 11:50 AM

177 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com