कांग्रेसको जिल्ला अधिवेशन फेरि सर्‍याे, अब माघ १५ गते हुने

कांग्रेसको जिल्ला अधिवेशन फेरि सर्‍याे, अब माघ १५ गते हुने
Share this

काठमाण्डौ – नेपाली कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन फेरि सरेको छ । यसअघि विभिन्न कारणले पटक पटक सर्दै आएको जिल्ला अधिवेशन यसपटक राष्ट्रियसभा चुनावको कारण सरेको हो ।

अधिवेशन हुन बाँकी १६ वटा जिल्लाको अधिवेशन यहि पुसको २७ गते गर्ने कार्यतालिका रहेकोमा सारेर माघको १५ गतेलाई नयाँ मिति तोकिएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । माघ १२ गते हुने राष्ट्रियसभा चुनावका कारण अधिवेशन सरेको समितिले जनाएको छ ।

नेपाली कांग्रेसले प्रदेश दुईका सबै आठ वटा जिल्ला, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन गर्न सकेको छैन ।

साभार & © उज्यालो नेटवोर्क 

अन्तिम अपडेट: 2022-January-05 समय 2:07 PM

100 पटक पढिएको
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com