आगो लगाएको आरोपमा दुई जना पक्राउ

आगो लगाएको आरोपमा दुई जना पक्राउ
Share this

कैलाली – होटेलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका–११  मा धनगढीमाई नगरपालिका–१० का ३० वर्षीय गुंजेश्वर साहले सञ्चालन गरेको खुस्बु होटल एण्ड लजमा  पेट्रोल  छर्केर आगो लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका–१२ का २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका–२ बस्ने १९ वर्षीय धिरज कुमार यादव छन् । लेनदेनको विषयलाई लिएर उनीहरूले उक्त होटलमा आगो लगाएका हुन् । आगलागीबाट होटलको सामानहरू जलेर करिब  एक लाखभन्दा बढीको नोक्सान भएको छ ।

न्युजकारखाना

अन्तिम अपडेट: 2022-January-07 समय 4:36 PM

79 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com