एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित
Share this

हुम्ला : नेकपा (एमाले) हुम्लाको नवौं जिल्ला अधिवेशन स्थगन भएको छ। पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो।

आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ। हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ। सदरमुकाम सिमकोटमा बसेको जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए।

मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन एक महिना पछि सरेको एमाले हुम्लाले जानकारी दिएको छ। यस्तै‚ उक्त बैठकले एमालेमा नवप्रवेशीलाई स्वागत गर्ने निर्णय गरेको जनाइएको छ।

रासस

अन्तिम अपडेट: 2022-January-07 समय 4:46 PM

82 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com