आजदेखि, प्रधानमन्त्री कप टी-२० प्रतियोगिता

आजदेखि, प्रधानमन्त्री कप टी-२० प्रतियोगिता
Share this

असल खबर-आज पाँचौ संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सोमबारदेखि सुरु हुँदैछ ।
यसअघिका चार संस्करण एकदिवसीय फर्म्याटमा भएको थियो । तर आगामी फेब्रुअरीमा ओमान हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरलाई मध्यनजर गर्दै यसपटक टी-२० फर्म्याटमा खेलाइँदैछ ।

त्यसैले यसपटक खेलाडीहरूका लागि राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टिमको क्याम्पमा पर्ने अवसरसमेत छ । यसअघि नै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राष्ट्रिय टिमको लागि क्याम्पमा ३० खेलाडी बोलाएर प्रशिक्षण सुरु गरिसकेका छन् । ती खेलाडीले पनि प्रधानमन्त्री कप खेल्नेछन् र र त्यसबाहेक राम्रो प्रदर्शन गर्ने अन्य खेलाडीले पनि क्याम्पमा स्थान बनाउनेछन् ।

राष्ट्रिय टिमका कप्तान नियुक्त भएका सन्दीप लामिछाने भने हाल अष्ट्रेलियामा बिग बास लिग खेलिरहेका छन् ।

प्रधानमन्त्री कप टी-२० प्रतियोगिताका खेलहरू यही पुष २६ देखि माघ ५ सम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

जसमा १० टिमले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ र दुवै समूहको खेलपछि शीर्ष २-२ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र सुदूरपश्चिम छन् भने समूह बी एपीएफ, लुम्बिनी, बागमती, गण्डकी र प्रदेश २ छन् ।

अन्तिम अपडेट: 2022-January-10 समय 10:59 AM

78 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com