अधिकांश ठाउमा मौसम बदली र वर्षा, दिउँसोबाट सुधार हुने

अधिकांश ठाउमा मौसम बदली र वर्षा, दिउँसोबाट सुधार हुने
Share this

असल खबर-देशका अधिकांश स्थानमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारणले पानी परेको छ । कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिलेको यस प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट क्रमिक रुपमा मौसममा सुधार हुने पूर्वानुमान छ ।
मौसमविद मञ्जु वासीका अनुसार कर्णाली प्रदेशदेखि प्रदेश १ सम्म कहीँ हल्का, कहीँ मध्यम खालको वर्षा भएको छ । यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट भने मौसममा क्रमिक सुधार आउँछ ।’ उनले काठमाडौं उपत्यकामा आज दिउँसो घाम लाग्ने पनि बताइन् ।
हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ । प्रदेश १ का एक-दुई स्थानमा बिहानपख भएको हल्का वर्षा पनि अहिले रोकिइसकेको मौसमविद वासीले बताइन् ।
गएराति काठमाडौं उपत्यकासहित धेरैजसो स्थानमा मेघ गर्जनसहित पानी पनि परेको थियो । उच्च पहाडी र हिमाली भेगमा हिउँसमेत परेको छ ।
राति पानी परेकाले काठमाडौं उपत्यकामा आज बिहान चिसो बढेको महसुस भएको छ । मौसमविद मञ्जु वासीका अनुसार अबका केही दिन पानी पर्ने सम्भावना छैन तर आकाश खुलेकाले अत्यधिक चिसो बढ्ने छ

अन्तिम अपडेट: 2022-January-13 समय 11:52 AM

82 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com