मन्त्री झाँक्रीको धोबीखोला करिडोरको समस्या समाधान गर्न निर्देशन

मन्त्री झाँक्रीको धोबीखोला करिडोरको समस्या समाधान गर्न निर्देशन
Share this

असल खबर- बिहीबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरको अनुगमन गरेकी छन् । मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौ उपत्यका प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोली बबरमहलदेखि बूढानीलकण्ठसम्मको निरीक्षण गर्न पुगेको हो ।
टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामाग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ । उक्त ठाउको अवलोकन गर्ने क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ ।
अनुगमनका सन्दर्भमा मन्त्री झाँक्रीले भनिन्, “करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केही दिनमा पुनः अनुगमनमा आउँछु ।” मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएको छ ।

अन्तिम अपडेट: 2022-January-13 समय 12:07 PM

59 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com