धादिङमा पहिरो जादा तीनजना बेपत्ता

धादिङमा पहिरो जादा तीनजना बेपत्ता
Share this

असल खबर-सडक खन्ने क्रममा धादिङको रुबीभ्याली गाउँपालिकामा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका छन्।

बिहीबार बिहान ७ बजे रुबीभ्याली-१ तिप्लिङमा सडक खन्ने क्रममा पहिरो खस्दा डोजर लगायत सहित तीनजना बेपत्ता भएको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए। बेपत्ता हुनेमा डोजर चालक, सहचालक र सडक समितिका एक जना रहेको तामाङले बताए।
घट्ना स्थलमा अझै प्रहरी पुग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय धादिङले पहिरोमा तीनजना पुरिएको खबर आएको र उद्धारका लागि टोली परिचालन गरिएको जनाएको छ। घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकीबाट चार घण्टाको पैदल दूरीमा पर्दछ।

अन्तिम अपडेट: 2022-January-13 समय 12:38 PM

83 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com