२ लाख ६४ हजार भारतमा थपिए नयाँ कोरोना संक्रमित

२ लाख ६४ हजार भारतमा थपिए नयाँ कोरोना संक्रमित
Share this

असल खबर-कोरोना भाइरसबाट दैनिक रुपमा संक्रमित हुनेको संख्यामा छिमेकी मुलुक भारतमा फेरि ठूलो उछाल आएको छ ।
भारतमा बितेको २४ घण्टामा २ लाख ६४ हजार २०२ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या बिहीबार थपिएका संक्रमितको तुलनामा ६.७ प्रतिशत हो । अहिले कोरोनाको संक्रमण दर १४.७८ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
तर भारतमा दिनहु संक्रमितको संख्या ह्वात्तै बढे पनि मृत्यु हुनेको संख्या भने निकै कम छ । त्यहाँ पछिल्लो २४ घण्टामा २१९ जना संक्रमितको मृत्यु भएको छ भने १ लाख ९ हजार ३४५ जना कोरोनामुक्त भएका छन् ।

अन्तिम अपडेट: 2022-January-14 समय 11:19 AM

55 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com