आज सर्वदलीय बैठक निर्वाचन आयोगमा

आज सर्वदलीय बैठक निर्वाचन आयोगमा
Share this

असल खबर-आज निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक शुक्रबार बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा बोलाइएको छ ।
सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरिएकाे आयोगले जनाएकाे छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने छ ।
यसअघि निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन आगामी ५ चैतभित्र गर्नुपर्ने सुझाव दिएका थिए ।
आउदो ५ जेठ २०७९ मा हालका स्थानीय तहका जनप्रतिनिधिहरुको म्याद सकिंदै छ । कानून अनुसार, स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनु भन्दा दुई महिनाअघि नै चुनाव गर्नुपर्छ ।

अन्तिम अपडेट: 2022-January-14 समय 11:37 AM

71 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com