चलचित्र परस्त्री’ नेपालमा हाल सम्मकै नयाँ कथामा बन्नेछ सुरज पाण्डेको दाबी

चलचित्र परस्त्री’ नेपालमा हाल सम्मकै नयाँ कथामा बन्नेछ सुरज पाण्डेको दाबी
Share this

 

असल खबर-चलचित्र ‘लभ लभ लभ’को गीत रिलिजको समयमा डेब्यु गरेका अभिनेता सुरज पाण्डेको धेरैले आलोचना गरे । सुरज र चलचित्रकी नायिका स्वस्तिमा खड्काको जोडी नसुहाएको समेत टिप्पणी भयो । तर, यस चलचित्र रिलिज भएपछि भने दर्शक र समीक्षकले सुरजको कामको सर्बर्त्र प्रशंसा भयो ।
‘लभ लभ लभ’मा काम गरेपछि सुरजले आफूलाई अभिनेताको रुपमा भन्दा मेकरको रुपमा अगाडि बढाए । निर्देशक दीपेन्द्र के खनालको साथमा सुरजले चलचित्र निर्देशन र निर्माण पनि सिके ।
दीपेन्द्रसँग उनले ‘आमा, चिसो मान्छे’ लगायतका चलचित्रमा मेकिङको पाटो सम्हाले । अब भने सुरज आफैं निर्देशकको रुपमा दर्शकमाझ आउने तयारीमा छन् । उनले निर्देशन गर्न लागेको डेब्यु चलचित्र ‘परस्त्री’को घोषणा भएको छ । चलचित्रको घोषणा कार्यक्रममा सुरजले भने, यस चलचित्र हालसम्म नेपालमै नबनेको कथामा बन्नेछ । यसलाई हामी डार्क थ्रिलर कथामा बनाउँदैछौं ।’

सुरजले अब आफू चलचित्र निर्देशन र निर्माणमा नै अगाडि बढ्ने भन्दै अभिनय नगर्ने बताएका छन् । चलचित्रलाई नेपाली र हिन्दी भाषामा बनाउने तयारी निर्माणपक्षको छ । डीएस डिजिटलको ब्यानरमा बन्न लागेको यो चलचित्रको शीर्ष भूमिकामा कोशिश क्षेत्री छन् । चलचित्रका लागि केही कलाकारको खोजी भइरहेको छ ।

अन्तिम अपडेट: 2022-January-14 समय 12:13 PM

72 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com