माघे सङ्क्रान्ति मेला लगाउन शालिग्राम शिलामा रोक

माघे सङ्क्रान्ति मेला लगाउन शालिग्राम शिलामा रोक
Share this

असल खबर-माघे सङ्क्रान्ति मेला लगाउन विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा रोक लगाइएको छ । पवित्र कालीगण्डकीको किनारमा रहेको शालिग्राम शिलामा बर्षेपिछे ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोरोन सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएको र गृह मन्त्रालयले समेत २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेका बेला मेला लगाउन रोक लगाइएको गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिए ।
पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीमा हरेक वर्षको माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि स्वदेश तथा विदेशवाट समेत भक्तजन आउने गर्दछन् ।
गाउँपालिकाले सूचना जारी गर्दै सेतीवेणीमा लाग्ने माघे सङ्क्रान्तिको नियमित मेला, महोत्सवलगायत अन्य भीडभाड हुने कार्य नगर्न नगराउनुहुन अनुरोध गरेको छ । केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड व्यवस्थापन समितिको बैठकले पनि आज राति १२ बजेदेखि २५ जनाभन्दा बढी भेला नहुने आदेश जारी गरेको छ ।

 

अन्तिम अपडेट: 2022-January-14 समय 12:23 PM

80 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com