कोरोना संक्रमण एमाले महासचिव शंकर पोखरेललाई

कोरोना संक्रमण एमाले महासचिव शंकर पोखरेललाई
Share this

असल खबर-नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ। पोखरेलले शुक्रबार सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्।

संक्रमण भएपछि केही दिन आइसोलेसनमा बस्नुपर्ने भएकाले यसअघि निर्धारित सबै कार्यक्रम स्थगित गरिएको पोखरेलले जानकारी दिएका छन्।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन‚’ महासचिव पोखरेलले लेखेका छन्‚ ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो।’

 

अन्तिम अपडेट: 2022-January-14 समय 12:50 PM

84 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com