पीएम कपमा आज चार खेल हुने

पीएम कपमा आज चार खेल हुने
Share this

असल खबर-आज प्रधानमन्त्री (पीएम) कप टी- २० क्रिकेट प्रतियोगितामा शुक्रबार चार खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु मैदान र मुलपानी स्थित माथिल्लो खेल मैदानमा २/२ खेल हुनेछन् ।

टियुमा बिहान सवा ९ बजे भएको खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गरेका थिए भने सोही समय मुलपानीमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्नेक छन् ।

दिउँसो १ बजे टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा मुलपानीमा एपीएफ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।
समूह ‘ए’ मा लगातार दोस्रो जितसँगै पुलिस ४ अंकसहित शीर्ष स्थानमा छ । ३ खेलबाट ३ अंक बनाएको आर्मी दोस्रो स्थानमा छ । २ अंकको सुदुरश्चिम प्रदेश र कर्णाली प्रदेश क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने १ अंकको प्रदेश नम्बर एक पुछारमा छ ।

समूह ‘बी’ मा ३ खेलमा सतप्रतिशत जित निकालेको एपीएफ ६ अंक सहित शीर्ष स्थानमा छ । २ अंक भएका बागमती, लुम्बिनी र प्रदेश नम्बर २ क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । गण्डकी प्रदेश भने बिना अंक पुछारमा छ ।
दुबै समूहका शीर्ष दुई क्लब सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

अन्तिम अपडेट: 2022-January-14 समय 12:58 PM

68 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com