Logo

    सामसङले आफ्नो कुनै पनि उत्पादन रुसमा नपठाउने

    सामसङले आफ्नो कुनै पनि उत्पादन रुसमा नपठाउने असल खबर २०७८ फाल्गुन २४, मंगलवार ०९:२७ मा प्रकाशित

    रुसले युक्रेनमाथि आक्रमण गरेपछि सामसङले रुसमा आफ्ना उत्पादनहरूको निर्यात रोक्ने भएको छ । युक्रेनको जटिल अवस्थालाई कम्पनीले निगरानी गरिरहेको र युक्रेनमा ६० लाख डलर सहयोग पनि गरेको सामसङले ब्लुमबर्गलाई बताएको छ । सहयोग रकम मध्ये १० लाख डलर मूल्य बराबरको विद्युतीय सामानहरू पनि रहेका छन् ।

    ब्लुमबर्गका अनुसार कम्पनीले रुसमा आफ्नो स्मार्टफोन, चिप्स र अन्य विद्युतीय उपकरणहरू लगायत सम्पूर्ण उत्पादनहरूको आपूर्तिमा रोक लगाएको हो । युक्रेनी उपप्रधानमन्त्री मिखाइलो फेडोरोभले अन्य कम्पनीहरू जस्तै सामसङलाई पनि आफ्नो उत्पादनहरूको निर्यात रुसमा रोक्नको लागि अनुरोध गरेपछि सामसङले आफ्नो निर्यात रोकेको हो ।

    यो भन्दा अगाडि एप्पलले पनि उपप्रधानमन्त्री फेडोरोभ कै अनुरोधमा आफ्नो सबै उत्पादनको बिक्रीमा रोक लगाएको थियो । माइक्रोसफ्टले पनि रसियामा सबै नयाँ उत्पादन र सेवाहरूको बिक्री निलम्बित गरेको छ। काउन्टरपोइन्टको अनुसार रुसमा सामसङको ३० प्रतिशत बजार हिस्सा छ।

    साभार & © टेकपाना

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार