Logo

    बा.न.पा-१२ का स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह: ‘मुडा’

    बा.न.पा-१२ का स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह: ‘मुडा’ असल खबर २०७९ बैशाख १८, आईतवार ०४:२४ मा प्रकाशित

    असल खबर, पोखरा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिका वाड नं-१२ बाट स्वतन्त्र प्यानल निर्माण गरेर उम्मेद्बारी दर्ता गरेको कोपिलामणी शर्माको नेतृत्वले चुनाव चिह्न मुडा पाएको छ।

    बागलुङ जिल्लाको पाँच दलिय गठबन्धनको बैठकपछि वडामा आफुहरुको पार्टीले जित्ने आधारहरु प्रसस्तै हुँदाहुँदै गठबन्धनले आफुहरुलाई नेतृत्व नदिएर भागबन्डामा राष्ट्रिय जनमोर्चालाई दिएको भन्दै नेपाली काङ्ग्रेसका कार्यकर्ताले पार्टीका जिल्ला सभापती समक्ष असहमती प्रकट गरेका थिए। पार्टिले आफुहरुको माग सुनुवाइ नगरेको, गठबन्धन र पार्टीले वडावासी काङ्ग्रेसको विपक्षमा निर्णय गरेको भन्दै बा.न.पा १२ अमलाचौरका काङ्ग्रेस निकट शर्मा सहितका नेता कार्यकर्ताले आफुहरु स्वतन्त्र हुने बाटो खोजेका हुन।

    बा.न.पा १२ अमलाचौरमा विगत ३० वर्षदेखी नेपाली काङ्ग्रेस गा.वि.स/वडा कार्यसमितिमा सभापतिको जिम्मेवारी सम्हालेका शर्माले पार्टीले आफ्नो अबमुल्यन गरेको र गठबन्धनका नाममा आफुलाई समर्थन नगरेको भन्दै पार्टी परित्यग गरि स्वतन्त्र उम्मेद्बारी दर्ता गरेका हुन। नेपाली काँग्रेस समर्थित शर्माको नेतृत्वमा माया नेपाली, मिना कुमारी विश्वकर्मा, ढुन्डिराज लामिछाने र महानन्द शर्मा सहितको प्यानलले उम्मेद्बारी दर्ता गरेको थियो। निर्वाचन आयोग बागलुङले १७ बैशाखमा उनिहरुलाई चुनाव चिह्नका रुपमा “मुडा” प्रदान गरेको छ।

    गठबन्धनको निर्णय बमोजिम वडाहरुमा समन्वय नभए नगरपालिकाको मेयर र उपमेयरले समेत जित्न असम्भव हुने भएकाले गठबन्धनले जिल्लाबाट गरेको निर्णय सबैले मान्नुपर्ने कुरा जिल्लास्तरका नेताहरुको रहेको छ ।

    त्यसैले स्वतन्त्र उम्मेद्बारी दर्ता लगत्तै जिल्ला तथा केन्द्रबाट समेत उम्मेदवारी फिर्ता लिनको लागि पहल गरेता पनि स्वतन्त्र प्यानल आफ्नो निर्णयमा अडिग रहि चुनाव लड्ने निर्णयमा पुगेको अध्यक्षका उमेदवार शर्माले जानकारी दिए। उनले समाज रुपान्तरण र वडाको विकासका निम्ति “एक पटक यसै पटक भोट स्वतन्त्र उमेदवारलाई” भन्ने नारा सहित “मुडा” चिन्हमा मतदान गरि स्वतन्त्र प्यानललाई बिजय गराउनको लागि वडावासीहरुमा हार्दिक अपिल गरेका छन् ।

    उक्त वडामा गठबन्धनको तर्फबाट अध्यक्षमा राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्मा र नेकपा एमालेको तर्फबाट निवर्तमान वडा अध्यक्ष गुरुदत्त पाठकको नेतृत्वमा उम्मेदवारी परेको कुरा स्थानीय दीपेन्द्र ढकाल (राजु) ले जनाएका छन् ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ट्रेंडिंग समाचार