Logo

    वीरेन्द्रको सालिक हटाएपछि राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन्।

    बिष्णु प्रसाद बराल २०७९ जेष्ठ १९, बिहीबार ०८:२१ मा प्रकाशित

    असल खबर-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालगन्जको धम्बोझी चोकमा पुन:स्थापित स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक २४ घण्टा नबित्दै हटाएपछि आपत्ति जनाएका छन्। स्थानीय प्रशासनले प्रहरीको बल प्रयोग गरि धम्बोझी चोकको सालिक हटाएपछि लिङ्देनले गठबन्धन सरकारलाई इतिहासको सम्मान गर्न आग्रह गरेका छन्। नेपालगन्जमा वीरेन्द्रको सालिक प्रहरीले हटायो, झडपपछि गोली चल्यो उनले नेपालगन्जमा जनस्तरबाट पुनःस्थापित वीरेन्द्रको सालिकमाथि सरकार पक्षबाट तोडफोड भएको पनि बताएका छन्।

    ‘स्वर्गीय राजा वीरेन्द्रको सालिकमा सरकार पक्षबाट भएको तोडफोड र जनसाधारण माथिको धरपकडमा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न तथा इतिहासको सम्मान गर्न नेपाल सरकारसँग माग गर्दछु।’

     

     

     

     

     

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Sancheti Tea Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Fewa Security Ads
    Atal Cement Ads
    Kishan Pipe Ads
    ट्रेंडिंग समाचार